विद्युतिय सवारीसाधनको प्रबद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको दिगो ग्रुपले भाद्र १९ देखि २२ गतेसम्म बल्खुको मोर्डन पार्टी प्यालेसमा दिगो अटो कार्निभलको आयोजना गर्ने भएको छ ।
कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहने जनाइएको छ । कार्निभलमा पुराना सवारीसाधनलाई नयाँ बिद्युतिय सवारीसाधनसँग एक्सचेन्ज गर्न सक्ने सुविधा पाउनेछन् । यस अवसरमा दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, थप मूल्याङ्कन, र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराउने जनाएको छ ।
चार दिनसम्म चल्ने कार्निभलमा दिगो ग्रुपले आफ्ना विभिन्न बिद्युतिय गाडीहरूको प्रदर्शनी गर्नेछ । सहभागीहरूले ती गाडीहरूको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाउनेछन् , जसले ग्राहकहरूलाई दिगोका गाडीहरूको उत्कृष्ट प्रविधि र प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न मौका प्रदान गर्नेछ । टेस्ट ड्राइभ गर्ने सहभागीहरूलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ ।
कर्निभलमा दिगो ग्रु अन्तर्गत अन्य स्टलमा सहभागीहरूले बिद्युतिय सवारीसाधन चार्ज गर्न आवश्यक समाधानहरू र चार्जर खरिदको जानकारी लिने अवसर समेत पाउनेछन् । साथै, नेपाली राजमार्गमा चर्जिङ्ग स्टेशन साथै रेस्टुरेन्टको सुविधा दिने दिगो ई–स्टपको बारेमा पनि जानकारी लिन पाउनेछन् ।