आर्क्श ग्रुपको ग्रिन अटोमोबाइलले गोल्डेन ड्रागनका विद्युतीय सवारी साधन बिक्री गर्ने

चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी गोल्डेन ड्रागनका विद्युतीय सवारीसाधन एवं डिजेल लक्जरी बस आर्क्स ग्रुपको ग्रिन अटोमोबाइलले देशभर बिक्री गर्ने भएको छ।  ग्रिन अटोमोबाइलले नवीन प्रविधिमा आधारित र वातावरणमैत्री, विद्युतीय सवारीमार्फत नेपालको यातायात क्षेत्रमा नयाँ आयाम ल्याउने एवं उपभोक्ताहरूको सहजीकरण गर्ने लक्ष्य लिएको छ।  नेपाली बजारमा विद्युतीय कमर्सियल सवारीलाई उपभोक्तासँग जोड्न ग्रिन अटोमोबाइलले निरन्तर प्रभावकारी रूपमा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ। आगामी दिनमा पनि गुणस्तरीय सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा […]